Erani Mahal
पाल्पामा आइतबार थप ११९ जनामा कोरोना सङ्क्रमण पुष्टि
Coronavirus positive
पाल्पा – पाल्पामा आइतबार थप ११९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पुरुष ८० र महिला ३९ जना गरी ११९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । योसँगै पाल्पामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । पाल्पामा आइतबारसम्ममा एक हजार ३५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । स्वास्थ्यका अनुसार रैनादेवी छहरामा ४०, तानसेनमा ४४, रिब्दीकोटमा ३, तिनाउमा ९, बगनासकालीमा ४, रम्भामा ७ र माथागढीमा २ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update