Erani Mahal
पाल्पामा थपिए ११० जना कोरोनाका विरामी, २ को मृत्यू, २३ जना निको
corona_palpa
पाल्पा- पाल्पामा शनिवार थप १ सय १० जना कोरोनाको विरामीहरु पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार पिसिआर विधिबाट ८२ जना र एन्टिजेनको माध्यमबाट २८ जना गरी कुल ६८ जना पुरुष र ४२ जना महिलामा कोरोना पुष्टि भएको हो । शनिवार पाल्पा माथागढीका २ पुरुष ३ महिला, रामपुरका २ पुरुष २ महिला,, पूर्वखोला १६ पुरुष ५ महिला, रैनादेवीका ७ पुरुष ५ महिला, रम्भाका ९ पुरुष ५ महिला, बगनासकालीका ५ पुरुष ३ महिला, तिनाउँका ३ महिला, रिव्दीकोटका २ पुरुष १ महिला, निस्दी ११ जना पुरुष, तानसेन नपा तथा अस्पतालहरुमा २५ पुरुष १७ महिला गरी ६८ जना पुरुष र ४२ जना महिलामा कोरोना पुष्टि भएको हो । शनिवार पाल्पामा दुई जनाको कोरोनाको कारण निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यससँगै पाल्पामा कोरोनाको कारण निधन हुनेको संख्या ४८ पुगेको छ । यस्तै विभिन्न आइसोलेशन सेन्टरबाट ४ जना महिला र १९ जना पुरुष गरी २३ जना कोरोना संक्रमण जितेर घर फिर्ता भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update