Erani Mahal
निस्दीमा अक्सिजन सुबिधा सहितकाे आइसाेलेसन तयार
isolation centre
पाल्पा - निस्दीमा अक्सिजन सहितको आइसोलेसन तयार भएको छ। निस्दी गाउँपालिका वडा नम्बर - ५, गल्धाको, ढुंगानावेशीमा रहेको सहकारी भवनमा अक्सिजन सहितको ७ वेडको आइसोलेसन तयार गरेको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । ८ वटा अक्सिजन सिलिन्डर र ३ वटा कन्चन ट्रेचर सहितको आइसोलेसन रहेको संयोजक दिशाले बताउनुभयो । आइसोलेसनमा निस्दी गाउँपालिका भित्रका कोरोना संक्रमित व्यक्तिलाई राखिने दिशाले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update