Erani Mahal
पाल्पामा उकालो लाग्दै कोरोनाको ग्राफ : थप सचेत रहन स्वास्थ्यको आग्रह
corona
पाल्पामा शुक्रवार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको दोस्रो लहरसँगै पाल्पामा दैनिक जसो एकसयको हाराहारीमा कोरोनाको विरामीहरु थपिदै गएको छ भने दिनहुँ मृत्यू हुनेको संख्या समेत बढ्दै गएको छ । कोभिडको दोस्रो लहर यता पाल्पामा ११ जनाको निधन भइसकेको छ भने ९ सय बढी संक्रमितहरु थपिएका छन् । पाल्पामा शुक्रवार थपिएकाहरुमा एन्टिजिनबाट २९ जना र पिसिआर विधिबाट ६९ जना थप भएको स्वास्थ्यका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताउनुभयो । पाल्पामा अहिले अस्पतालको सामान्य उपचारमा ६१ जना र ७७३ जना होम आइसोलोशनमा गरी ८३४ जना सक्रिय स‌ंक्रमित रहेका छन् । होम आइसोलेशनमा रहेका संक्रमितहरुले समेत स्वास्थ्य मापदण्ड नअपनाउने अन्य पनि विनाकाम बाहिर हिड्डुल गर्दा जोखिम थव फैलिएको हो । स्वास्थ्य कार्यालय र प्रशासनले भने थप सजगता अपनाउन र अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्न सबैमा अनुरोध गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update