Erani Mahal
पाल्पामा एकै दिन चार जना काेराेना संक्रमितकाे निधन
Death-from-corona
पाल्पा – पाल्पामा एकै दिन चार जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्लाको तानसेन नगरपालिका–१, का ८० वर्षीया महिलाको उपचारको क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको छ । ती महिलाको बिहीबार दिउँशो निधन भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यस्तै लुम्विनी मेडिकल कलेजमा उपचाररत एक जना कोरोना सङ्क्रमित भारतीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । ती पुरुष पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको सर्देवास्थित सिजी कम्पनीमा कार्यरत थिए । कोरोना सङ्क्रमित भई लुम्विनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा ती पुरुषको बिहीबार दिउँशो मृत्यु भएको अस्पतालले जनाएको छ । उता तिनाउ गाउँपालिकास्थित एक विद्यालयमा कार्यरत शिक्षकको समेत कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–११, का ३० वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । ती पुरुष एक विद्यालयका प्रधानाध्यापक समेत रहनुभएको स्रोतले जनाएको छ । कोरोना सङ्क्रमित ती पुरुषको बिहीबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यस्तै स्याङ्जा स्थायी घर भई हाल पाल्पाको माथागढी गाउँपाािलका–३, सराईमा डेरा गरी बस्ने २५ वर्षीया महिलाको समेत मृत्यु भएको थियो । बुधबार बेलुका लुम्विनी मेडिकल कलेजबाट डेरामा फर्किएकी ती महिलाको बिहीबार बिहान अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update