Erani Mahal
पाल्पाको निशान भगवती मन्दिरको प्रधानसेनापति थापाद्वारा उद्घाटन
nisan 5
सुनिल कार्की पाल्पा- पाल्पाको तानसेनको दरबार परिषरमा निर्माण भएको निशान भगवती मन्दिरको प्रधान सेनापति पुर्णचन्द्र थापाले उद्घाटन गर्नुभएको छ । कोरोना संकट ब्यवस्थापन केन्द्र डिसिसिएमसीको मापदण्ड अनुरुप सामाजिक दुरी कायम गरि प्रधानसेनापति थापाले मन्दिरको उद्घाटन गर्नुभएको हो । जिल्ला सदरमुकाम तानसेनको दरबार परिसरमा निर्माण भएको मन्दिर आकर्षक बगंैचा सहित दुई तलको निर्माण भएको छ । पाल्पा स्थित नेपाली सेना गोरख दल गण,स्थानिय सरकार तानसेन नगरपालिका,बगनासकालि गाउँपालिका, लुम्बिेनि प्रदेश सरकार,दानवीर स्थानिय समाजसेवि र स्थानिय पाल्पाली नागरिकको योगदानमा निशान भगवती मन्दिरको निर्माण भएको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष भिमसेन कार्कीले जानकारी दिनुभयो । करिब १ करोड लागतमा निर्माण भएको निशान भगवती मन्दिरमा निर्माणमा पाल्पा स्थित नेपाली सेनाको गोरखदल गणको संक्रिय योगदान,मध्यम पश्चिम पृतना माताहतका सबै नेपाली सेनाका २३ वटा युनिटहरुबाट आर्थिक सहयोग भएको थियो भने निशान मन्दिरमा ५१ प्रतिशत सहयोग स्थानिय दानवीरहरुले गरेका छन । < तानसेन बजारको मुटु सित्तलपाटीको काखमा निर्माण भएको निशान मन्दिर स्थानिय नागरिक,आन्तरिक र बाह्य पर्यटकको रोजाईमा निशान भगवती मन्दिर पर्न थालेको छ । निशान मन्दिर परिसरमा निर्माण भएको सुन्दर बगैंचा बालबच्च,युवा पुस्ता र वृद्धवृद्धाको घुमफिर गरि मन भुलाउने नयाँ गन्तब्य बनेको छ । फराकिलो बगैंचामा आर्कषक पाल्पाली करुवा,प्रेमको प्रतिक रानिमहल,संघिय नेपालको नयाँ नक्सा,पर्यटकीय स्थल श्रीनगरबाट देख्न सकिने हिमशृङखलाका दृश्य,पाल्पाली ढाका अंकित चित्र ,शुद्ध पिउने पानि र आर्कषक दुबोको बगैंचा निशान मन्दिर परिसरमा अवलोकन गर्न पाइन्छ । उद्घाटन कार्यक्रम प्रश्चात मन्दिर निर्माण उपभोक्त समितिका अध्यक्ष भिमसेन कार्कीले निशान मन्दिरमा निर्माण भएको संरचनाको बारेमा प्रधानसेनापति थापालाई जानकारी गराउनुभएको थियो । साथै अध्यक्ष कार्कीले मन्दिर निर्माण गर्नुको कारण,यसले सम्रग पाल्पाको विकासमा पार्ने प्रभाव,नागरिक सैनिक सम्बन्ध सुधारमा पर्ने प्रभाव लगायतको विषयमा प्रधानसेनापति थापालाई अवगत गराउनुभएको थियो । img src="https://eranimahal.com/wp-content/uploads/2021/05/nisan-5-768x512.jpg" alt="" width="768" height="512" class="alignnone size-large wp-image-18315" /> सेना दिवस २०७७ मा प्रदान गरिएको प्रधानसेनापति प्रंशसा निशानी चिन्ह मन्दिर उद्घाटन समारोहमा मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष भिमसेन कार्की र कोषाध्यक्ष भुगोल प्रसाद बैजु श्रेष्ठलाई प्रधानसेनापति प्रंशसा निशानी चिन्हबाट सम्मान गरिएको छ । अध्यक्ष कार्की र कोषध्यक्ष श्रेष्ठले नागरिक सैनिक सम्बन्ध सुधार गरि निशान भगवती मन्दिर निर्माणमा योगदान गरेको भन्दै प्रधानसेनापति प्रंशसा निशानि चिन्ह प्रदान गरिएको हो । निशान मन्दिरको समयमै निर्माण सम्पन्न गर्न सिंगो नेपाली सेना,गोरखदल गणका गणपति प्रमुख सेनानि जनक कुमार बस्नेत, मध्य पश्चिम पृतन हेडक्वटरका पृतनापति उपरथि सन्जय थापा, तत्कालिन पृतनापति उपरथि सिताराम खड्का, तत्कालिन बाहिनि पति सुर्दशन सिलवाल,बाहिनि पति सहायक रथि टिकाराम गुरुङ्ग,तत्कालिन गणपति सुरज थापा,मुख्य समन्वय अधिकृत सेनानि मनोज डंगोल लगायतले महत्वपुर्ण भुमिका निर्वाहा गर्नुभएको थियो । निशानको उद्घाटन कार्यक्रममा नेपाली सेनाका उच्च पदस्थ अधिकारी,नगरप्रमुख अशोक कुमार शाही,प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे, भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदय,सहयोगी दानवीर दाताहरु र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियोे । कार्यक्रम कोभिड १९ का सिमित २५ जना भन्दा कमको संख्यामा सम्पन्न भएको हो ।
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update