Erani Mahal
पाल्पामा विहिवार थपिएका १२५ कोरोनाका विरामी कताका हुन् ?
corona_virus
पाल्पा – पाल्पामा विहिवार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानका १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पीसीआर र एनटिजीनका आधारमा गरिएको परीक्षणमा १२५ जनामा संक्रमण देखिएको स्वास्थ्यका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । जिल्लाको विभिन्न स्थानमा गरी २२१ जनामा कोरोना परीक्षण गरिएको थियो । पन्थीका अनुसार माथागढीमा एक, रामपुरमा २, पूर्वखोलामा ५ रैनादेवी छहरामा ११, बगनासकालीमा १९, तानसेनमा ७४, निस्दी १, तिनाउ र रिब्दीकोटमा १।१ र रम्भामा १० जनामा कोरोना संक्रमण देखिएको हो । कोरोनाको दोस्रो लहर सुरु भएयता पाल्पामा कोरोना संक्रमण बढी देखिएको छ । योसँगै पाल्पामा सक्रिय कोरोना संक्रमितको संख्या ७५७ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update