Erani Mahal
पाल्पामा थप एक जना काेराेना सङ्क्रमितकाे मृत्यु
Corona Sab
पाल्पा – पाल्पामा थप एक जना कोरोना सङ्क्रमित महिलाको ज्यान गएको छ । माथागढी–३, सराईमा डेरा गरी बस्ने स्याङ्जाका २५ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको हो । तीन दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएका ती महिलाको बुधबारसम्म लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भएको थियो । मृतक महिला बुधबार साँझ सराईस्थित डेरामा फर्किएपछि बिहीबार बिहानदेखि स्वास प्रश्वासमा समस्या आएकाे पारिवारिक स्राेतले जनाएकाे छ । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि पुन अस्पताल ल्याइए पनि अस्पतालले मृत घोषणा गरेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update