Erani Mahal
पाल्पाको रम्भामा ट्याक्टर दुर्घटना एकको मृत्यू १ घाइते
tractor-accident
पाल्मिपा । रम्भामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने १ जना घाइते भएका छन् । बुधवार रातीको समयमा जिल्ला पाल्पा रम्भा गा.पा. ३ पिपलडाँडा स्थित कालीगण्डकी करिडोर जिरो कि.मि.बाट पिपलडाँडा तर्फ ढुङ्गा लिई जादै गरेको लु ३ त ६८९९ नं. को ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्टर अचानक सडक देखी अन्दाजी १०० मिटर तल खस्न जादा ट्याक्टरमा सवार जिल्ला पाल्पा बगनासकाली गा.पा.- ६ बस्ने बर्ष २२ को जिवन न्यौपानेको घटनास्थलमा मृत्यू भएको प्रहरीले जनाएको छ । घटनामा जिल्ला पाल्पा रम्भा गा.पा.- ३ बस्ने बर्ष ४० को हरी बस्याल घाईते भएकोमा निज घाईतेलाई उपचारको लागी लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाईएको छ । घाइतेको अवस्था सामान्य ट्याक्टर चालकलाइ नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य जारी रहेको सुचना अधिकारी प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update