Erani Mahal
पाल्पामा थप एककाे कोरोनाले मृत्यू : संख्या ४३ पुग्यो !
CORONA-DEATH-2
पाल्पा- पाल्पामा बुधवार थप १ जनाले कोरोना संक्रमणका कारण निधन भएको छ । तानसेन ३ का ७८ वर्षका एक पुरुषको कोरोना संक्रमणको कारण निधन भएको हो । उनको होम आइसोलेशनमै निधन भएको हो । उनको एन्टिजेन परीक्षणको क्रममा कोरोना संक्रमण देखिएको थियो । लामो समयदेखि दीर्घरोगबाट ग्रसित उनको कोरोनाको कारण निधन भएको स्वास्थ्यले जनाएको छ । यससँगै पाल्पाकमा कोरोनाको कारण निधन हुनेको संख्या ४३ पुगेको छ । पाल्पाका विभिन्न अस्पताल र होम आइसोलेशनमा रहेका ७८ जनाले बुधवार कोरोना जितेर घर फिर्ता भएको स्वास्थ्य कार्यालय पाल्पाको सूचना अधिकारी ओम प्रकास पन्थीले बताउनुभयो । यो संगै पाल्पामा कोरोना जित्नेहरुको संख्या दुई हजार ९५ पुगेको छ । पाल्पामा अहिलेसम्म ४३ जनाको कोरोनाको कारणले निधन भएको छ । भने ६३३ जना सक्रिय संक्रमित रहेका छन् । पाल्पामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या पिसिआरबाट २६२९ र एन्टिजेनबाट १ सय ४२ जना गरी २ हजार ७ सय ७१ जना पुगेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update