Erani Mahal
पाल्पामा कोरोना जित्नेको संख्या २ हजार ९५ पुग्यो
Coronavirus positive
पाल्पा- पाल्पामा बुधवार थप ७८ जनाले कोरोना संक्रमण जितेका छन् । कोरोनाको दोस्रो लहर सुरु भएपछि सोमवार २० जनाले कोरोना जितेका थिए । पाल्पाका विभिन्न अस्पताल र होम आइसोलेशनमा रहेका ७८ जनाले बुधवार कोरोना जितेर घर फिर्ता भएको स्वास्थ्य कार्यालय पाल्पाको सूचना अधिकारी ओम प्रकास पन्थीले बताउनुभयो । यो संगै पाल्पामा कोरोना जित्नेहरुको संख्या दुई हजार ९५ पुगेको छ । पाल्पामा अहिलेसम्म ४३ जनाको कोरोनाको कारणले निधन भएको छ । भने ६३३ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update