Erani Mahal
पाल्पामा एकै दिन थपिए १४८ काेराेना संक्रमित
Corona_
पाल्पा – पाल्पामा बुधबार एकै दिन १४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानका १४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पीसीआर र एनटिजीनका आधारमा गरिएको परीक्षणमा १४८ जनामा संक्रमण देखिएको स्वास्थ्यका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । जिल्लाको विभिन्न स्थानमा गरी १९५ जनामा कोरोना परीक्षण गरिएको थियो । पन्थीका अनुसार माथागढीमा चार, रामपुरमा १, रैनादेवी छहरामा ३३, बगनासकालीमा १०, तानसेनमा ९२, निस्दी, तिनाउ र रम्भामा १÷१ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोनाको दोस्रो लहर सुरु भएयता पाल्पामा पहिलो पटक सबैभन्दा बढी संक्रमण देखिएको हो । योसँगै पाल्पामा सक्रिय कोरोना संक्रमितको संख्या ६३३ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update