Erani Mahal
पाल्पामा एकैदिन थपिएका १४८ जना काेराेना संक्रमित (कहाँ-कहाँ ?)
Coronavirus-
पाल्पा- पाल्पामा एकैदिन १४८ जना काेराेना संक्रमित थपिएका छन् । पीसीआर र एनटिजीनका आधारमा गरिएको परीक्षणमा १४८ जनामा संक्रमण देखिएको स्वास्थ्यका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । जिल्लाको विभिन्न स्थानमा गरी १९५ जनामा कोरोना परीक्षण गरिएको थियो । पन्थीका अनुसार माथागढीमा चार, रामपुरमा १, रैनादेवी छहरामा ३३, बगनासकालीमा १०, तानसेनमा ९२, निस्दी, तिनाउ र रम्भामा १÷१ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोनाको दोस्रो लहर सुरु भएयता पाल्पामा पहिलो पटक सबैभन्दा बढी संक्रमण देखिएको हो । योसँगै पाल्पामा सक्रिय कोरोना संक्रमितको संख्या ६३३ पुगेको छ । पाल्पामा बुधवार थप ७८ जनाले कोरोना संक्रमण जितेका छन् । कोरोनाको दोस्रो लहर सुरु भएपछि सोमवार २० जनाले कोरोना जितेका थिए । पाल्पाका विभिन्न अस्पताल र होम आइसोलेशनमा रहेका ७८ जनाले बुधवार कोरोना जितेर घर फिर्ता भएको स्वास्थ्य कार्यालय पाल्पाको सूचना अधिकारी ओम प्रकास पन्थीले बताउनुभयो । यो संगै पाल्पामा कोरोना जित्नेहरुको संख्या दुई हजार ९५ पुगेको छ । पाल्पामा अहिलेसम्म ४३ जनाको कोरोनाको कारणले निधन भएको छ । भने ६३३ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update