X
135
Shares

पत्रकारलाइ पाल्पामा आइसाेलेशन बेड बनाइने !

रानीमहल संवाददाता || २२ बैशाख २०७८,बुधबार १३:४९

पाल्पा- नेपाल पत्रकार महासंघ पाल्पा शाखाको दोस्रो बैठकले पत्रकारलाइ पाल्पामा आइसाेलेशन बेड बनाइने भएकाे छ । बुधवार भुर्चअल प्रविधिबाट भएकाे बैठकले उक्त निर्णय गरेकाे हाे । शाखा अध्यक्ष रेखीराम रानाको अध्यक्षतामा संचालित बैठकले कोरोना जोखिम थप बढ्दै गएको र अग्रपंक्तिमा रही काम गर्ने पत्रकारहरु जोखिममा रहेकोले महासंघको तानसेन मेहल्धारा स्थित भवनमा ५ बेडको आइसोलेसन निर्माण गर्ने निर्णय गरेको छ ।

अक्सिजन सहितको आइसोलेसन निर्माण तथा ब्यवस्थापनका लागि शाखा उपाध्यक्ष भरत शर्माको संयोजकत्वमा सचिव यज्ञमूर्ति तिमिल्सिना र कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपाने सदस्य रहने गरी उपसमिति गठन गरिएको छ । आइसोलेसन ब्यवस्थापन तथा संचालनका लागि जिल्ला अस्पताल र स्थानीय स्वास्थ्य शाखाहरुसित स्वास्थ्यकर्मीसितको समन्वय मिलाउने निर्णय समेत भएको अध्यक्ष रानाले बताउनुभयाे ।

समाचार प्रतिनिधि तस्विर

बैठकले कोरोना जोखिम बढ्दै गइरहेकोले सुरक्षित भएर समाचार संकलन तथा सम्प्रेषणमा ध्यान दिन पत्रकारहरुलाई आग्रह गरेको छ । त्यस्तै बैठकले महासंघका पुर्व कार्यसमिति सदस्य तथा साधारण सदस्य हरि बहादुर बिक (सुवास) का पिता लोक बहादुर बिकको दुबै मृर्गौलाले काम गर्न नसक्ने भएकोले मर्गौला प्रत्यारोपणका लागि आर्थिक अभाव भएकोले महासंघको तर्फबाट ७ हजार रुपैयाँ सहयोग गर्ने र शाखा सदस्यहरु अन्य सहयोगी ब्यक्ति तथा संस्थाहरुलाई स्वेच्छिक सहयोगका लागि अनुरोध गर्ने निर्णय समेत गरेको शाखा सचिव यज्ञमूर्ति तिमिल्सिनाले बताउनुभयाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys