Erani Mahal
पाल्पामा काेराेनाका सक्रिय संक्रमितकाे संख्या पाँच सय नाघ्याे (कहाँ कति संख्या सहित)
coronavirus_
पाल्पा – पाल्पामा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ । बैशाख महिनापछि उकालो लागेको कोरोना सङ्क्रमितको सङ्ख्या बढेर दुई हजार ४८४ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । गत चैत २९ गते जिल्लाभर कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ९९५ थियो । अहिले जिल्लामा ५०८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये सबैभन्दा बढी तानसेन नगरपालिकामा मात्र २३६ जना रहेका छन् । यस्तै रामपुरमा ३८, माथागढीमा ३९, पूर्वखोलामा २३, रैनादेवी छहरामा ७८, रम्भामा १० जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यस्तै बगनासकालीमा ३४, तिनाउमा २०, रिब्दीकोटमा २१ र निस्दीमा ९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । यो सङ्ख्या अझैँ बढेर जाने निश्चित नै छ । तानसेनमा पीसीआर र एनटीजिनका आधारमा कोरोना सङ्क्रमणको परीक्षण हुँदै आएको छ । यस्तै रैनादेवी छहरा, तिनाउ, पूर्वखोला, निस्दी, बगनासकाली र रामपुरमा समेत एनटीजिन परीक्षण भएको छ । एनटीजिन परीक्षण गर्दा ५० प्रतिशत बढीमा कोरोना सङ्क्रमण देखिएको सूचना अधिकारी पन्थीले बताउनुभयो । माथागढी, रिब्दीकोट र रम्भामा हालसम्म एनटिजीन परीक्षण भएको छैन । एनटिजीन परीक्षण नभएका गाउँपालिकामा समेत कोरोनाको अवस्था भयाबह् रहेपनि स्थानीय तहले नै कोरोना परीक्षणमा ध्यान नदिएको स्थानीय बासिन्दाको भनाई छ । कोरोनाको एनटिजीन परीक्षणका लागि एक सय देखि ५०० सय कीट स्वास्थ्य कार्यालयले उपलब्ध गराएको छ । यद्यपी केही पालिकाले एनटिजीन समेत लिन नआएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पछिल्लो २० दिनमा पाल्पामा ९७९ जनाको कोरोना परीक्षण भएकोमा ४१६ जना कोरोना सङ्क्रमित देखिएको छन् । यो तथ्यांक हेर्दा कुल १०० जनाको कोरोना जाँच हुँदा ४२ जना कोरोना संक्रमित भएका छन् । अझैँ एनटिजीन जाँचमा भने हरेक १०० जनाको जाँचमा ७० जना बढीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पछिल्लो एक साताको अबधिमा ६ जनाको मृत्यु भएको छ । मृत्युको संख्या अझैँ बढी भएपनि जिल्लाबाहिर मृत्यु भएका र स्वास्थ्यको सम्पर्कमा नआएकाको तथ्यांक यहाँ उल्लेख गरिएको छैन ।
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update