X
140
Shares

पाल्पामा २० जनाले कोरोना जितेर घर फिर्ता

रानीमहल संवाददाता || २० बैशाख २०७८,सोमबार १८:०३

पाल्पा । पाल्पामा ९३ जना संक्रमित थपिदा २० जना कोरोना जितेर घर फिर्ता भएका छन् । सोमवार पाल्पामा पिसिआर परीक्षणबाट ७३ जना र एन्टिजेन परीक्षणमा २० जना गरी ९३ जना कोरोनाका नयाँ विरामीहरु थप भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार ९३ जनामा ४५ जना पुरुष र ४८ जना महिलाहरु रहेको छन् ।

पिसिआर विधिबाट ९७ जनाको परीक्षण गर्दा ७३ जनामा पोजेटिभ र २४ जनाको नेगेटिभ नतिजा आएको थियो । यस्तै ४८ जनाको एन्टिजेन परीक्षणको क्रममा २० जनामा पोजेटिभ नतिजा आएको हो । पाल्पामा कोरोना संक्रमितको संख्या : नेगेटिभ भन्दा पोजेटिभ तीनगुणा बढी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सोमबार घरफिर्ता हुनेहरुमा ४ जना महिला र १६ जना पुरुषहरु रहेका छन् । तानसेनका ९ रिब्दीकोट र बगनासकालीका का २।२ जना रैनादेवी छहराका ४ र रामपुरका १ जनाले कोरोना जितेर घर फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys