Erani Mahal
पाल्पामा  कोरोना संक्रमित दर : नेगेटिभ भन्दा पोजेटिभ तीनगुणा बढी !
corona_palpa
पाल्पा । पाल्पामा ९३ जना संक्रमित थपिदा २० जना कोरोना जितेर घर फिर्ता भएका छन् । सोमवार पाल्पामा पिसिआर। परीक्षणबाट ७३ जना र एन्टिजेन परीक्षणमा २० जना गरी ९३ जना कोरोनाका नयाँ विरामीहरु थप भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार ९३ जनामा ४५ जना पुरुष र ४८ जना महिलाहरु रहेको छन् । पिसिआर विधिबाट ९७ जनाको परीक्षण गर्दा ७३ जनामा पोजेटिभ र २४ जनाको नेगेटिभ नतिजा आएको थियो । यस्तै ४८ जनाको एन्टिजेन परीक्षणको क्रममा २० जनामा पोजेटिभ नतिजा आएको हो । पाल्पामा कोरोना संक्रमितको संख्या : नेगेटिभ भन्दा पोजेटिभ तीनगुणा बढी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update