Erani Mahal
पाल्पामा काेराेना संक्रमित थप एक जनाकाे हाेम आइसोलेशनमा मृत्यु
CORONA-DEATH-2
पाल्पा – पाल्पामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । रामपुर नगरपालिका–१० गेझाका ७२ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । मिसन अस्पतालबाट उपचार गरेर फर्किएका रामपुरका ७२ वर्षीय पुरुषको सोमबार बिहान होम आइसोलेशनमा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । उच्च रक्तचापबाट ग्रस्त रामपुरका पुरुषलाई उपचारका लागि युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको थियो । वैशाख ८ गते एन्टिजिन रिपोर्ट पोजेटिभ आएपछि उपचाररत ती पुरुषलाई १३ गते मिसन अस्पतालबाट डिस्चार्ज गरिएको थियो । पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update