Erani Mahal
वडाध्यक्षलाई कोरोना पोजेटिभ देखिए पछि अर्चले बजार बन्द
181527315_303235174587109_3192490659638794119_n
पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पाका वडाध्यक्षलाई कोरोना पोजेटिभ देखिए पछि अर्चले बजार बैशाख २४ गतेका लागि शिल गरिएको छ । वडाध्यक्ष र उहाँका श्रीमतीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भए पछि बैशाख २० गते बिहान सरोकारवालाहरुको बैठकले उक्त निर्णय गरेको हो । बिहान ७ बजे देखि ८ बजे १ घण्टा मात्र पसल खुल्ने र अरु बेला पूर्ण रुपमा बन्द गरिने कार्यबाहक वडाध्यक्ष मिम्श्री बयम्बुद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ । श्वासप्रश्वासमा समस्या देखिए पछि वडाध्यको परीक्षणका लागि स्वास्थकर्मी घरमै पुगेर एन्टिजिन परिक्षण गर्दा कोरोना पुष्टि भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष र उहाँका श्रीमती पिसीआर परिक्षणका लागि सदरमुकाम तानसेन तर्फ प्रस्थान गरिएको बुझिएको छ । हाल उहाँ र श्रीमतिको अवस्था सामान्य रहेको वडाध्यक्षले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update