Erani Mahal
पाल्पाकाे रामपुरमा आगाेले पाेलेर हजुरआमा नाति घाइते
Fire-Aago
पाल्पा - खाना बनाउने क्रममा आगलागी हुँदा एक वृद्ध सहित २ जना घाईते भएका छन् । शनिबार साँझ पानीले भिजेको दाउरा नबलेपछि नजिकै रहेको ग्यालेनको पेट्रोल झिकेर हाल्ने क्रममा आगो लागेर जिल्लाकाे रामपुर-१, कुमैडाँडाका एक बृद्ध सहित दुइ जना घाइते भएका हुन् । घाईते हुनेहरुमा ७० वर्षिय लिला कुमारी वि.क. र उहाँका १५ वर्षिय नाती योगेश वि.क. रहेको केलादी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक मोहन खत्रीले जानकारी दिनुभयो । लिला कुमारीले दाउरा सल्काउन खाेज्दा नजिकै रहेका १० लिटरको ग्यालेनबाट एक विर्को पेट्रोल निकालेर आगो सल्काउने प्रयास गर्दा उहाँको शरीरमा आगो लागेको प्रहरीले जनाएकाे छ । हजुरआमालाइ आगोले पाेलेकाे देखेपछि आगाे निभाउन जाने क्रममा नाति योगेश समेत घाइते भएका थिए । आगालागीबाट भान्सा कोठाभित्र क्षति पुगेको छ । घाईते दुवै जनाको युनाईटेड मिशन अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये हजुरआमा लिला कुमारीको अवस्था गम्भीर रहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update