Erani Mahal
पाल्पामा आइतबार थप २४ जनामा काेराेना संक्रमण पुष्टि
corona khop
पाल्पा – पाल्पामा थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार बेलुकी स्वास्थ्य कार्यालय पाल्पाले आइतबार बेलुकी दिएको जानकारी अनुसार ३५ जनामा गरिएको कोरोना परीक्षणमा २४ जनालाई कोरोना पुष्टि भएको हो । यो तथ्यांक भनेको ७५ प्रतिशत भन्दा बढी हो । योसँगै पाल्पामा ४३६ जनामा सक्रिय सङ्क्रमित पुगेका स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । सक्रिय सङ्क्रमित बढेपछि गम्भीर स्वास्थ्य अवस्था भएर अस्पतालमा उपचार गर्ने सङ्क्रमितको सङ्ख्या समेत बढेको छ । शनिबारसम्ममा २३ जना मात्र अस्पतालमा उपचाररत रहेकामा आइतबार त्यो संख्या बढेर ४७ पुगेको छ । यसले कोरोनाको संक्रमण भयाबह अवस्थातिर गएको पुष्टि हुँदै गएको छ । यस्तै आइतबार नै एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्लाको रम्भा गाउँपाािलका–३, पीपलडाँडाका ७८ वर्षीय पुरुषको आइतबार बेलुकी सवा ४ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । तानसेनस्थित मिसन अस्पतालमा उपचाररत ती पुरुषको तीन दिनअघि एनटीजिन परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । योसँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update