Erani Mahal
पाल्पामा थप एक जना काेराेना संक्रमितकाे निधन
Corona Sab
पाल्पा – पाल्पामा एक जना कोरोना सङ्क्रमितको आइतबार बेलुकी मृत्यु भएको छ । जिल्लाको रम्भा गाउँपाािलका–३, पीपलडाँडाका ७८ वर्षीय पुरुषको आइतबार बेलुकी सवा ४ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । तानसेनस्थित मिसन अस्पतालमा उपचाररत ती पुरुषको तीन दिनअघि एनटीजिन परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । योसँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update