Erani Mahal
निषेधाज्ञाले पाल्पा बन्याे सुनसान (तस्विर सहित)
surakxya
पाल्पा – जिल्ला प्रशासन कार्यालय पाल्पाले कोरोना संक्रमण नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेपछि मानिसका गतिबिधि शुन्य जस्तै बनेको छ । प्रशासनले बैशाख १७ गते रातिदेखि २४ गतेसम्म लागू हुने गरी निषेधाज्ञा लागू गरेपछि जिल्ला सदरमुकाम तानसेन सहितका बजार सुनसान बनेको हो । निषेधाज्ञामा अनुमतिप्राप्त र प्रशासनबाट पास पाएका सवारीसाधन मात्र गुडेका छन् । अन्य सबै सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा आएका छैनन् । तानसेन, रामपुर, सराई, दमकडा, अर्गली, हार्थोक, प्रभास लगायतका बजार खुलेका छैनन । यस्तै अत्यावश्यक सेवाका कार्यालय, बैँक तथा वित्तिय सङ्घसंस्था खुलेका छन् । यद्यपी ग्राहकको बैँकमा कुनै पनि चहलपहल छैन । निषेधाज्ञामा बिरामी बोक्ने सवारीसाधन, दुध, खाद्यान्न, पानी, तरकारी, पेट्रोल डिजेल ढुवानी गर्ने सवारीसाधान भने सञ्चालनमा आएका छन् । निषेधाज्ञाको पालनमा गर्न सडक तथा चोकमा जनपथ, ट्राफिक र शसत्र प्रहरीलाई खटाइएको छ । पाल्पामा २०० बढी सक्रिय सङ्क्रमित भएपछि प्रशासनले निषेधाज्ञा जारी गर्नुपरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताउनुभयो । कोरोना सङ्क्रमणको चेन ब्रेक गर्नु आवश्यक देखेर निषेधाज्ञा गरेको प्रशासनले जनाएको छ । जिल्लास्थित कोरोना संकट व्यवस्थापन समितिको बैठकले पाल्पामा पनि कोरोना नियन्त्रण गर्न निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update