Erani Mahal
चट्याङ लागेर पाल्पामा एकको मृत्यू , दुइ घाइते !
chatang
पाल्पा - पाल्पामा चट्याङलागेर एक जनाको ज्यान गएको छ । जिल्ला पाल्पा तिनाउँ गाउँपालिका १ कचल मुहान टोल बस्ने कर्ण बहादुर उचईको घरमा चट्याङ पर्न जाँदा तिनाउँ १ का प्रेम बहादुर बगालेको निधन भएको प्रहरीले जनाएको छ । चट्याङको कारणले जिल्ला पाल्पा तिनाउँ गापा- १ बस्ने बर्ष १६ को प्रेम बहादुर बगाले (उपचारको लागि लुम्बिनी मेडिकल केलज प्रभास पाल्पा ल्याईएकोमा साँझ डाक्टरद्वारा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनामा तिनाउँ १ का १५ की ईन्दिरा उचई र रैनादेवी छहरा गा.पा.- ४ घर भई हाल तिनाउँ गा.पा.- १ बर्ष १९ को रामु गाहा घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरी निरिक्षक लक्षमण पचभैयाले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update