Erani Mahal
पाल्पामा शनिवार २८ जनामा कोरोना पुष्टि
corona_1
पाल्पा– पाल्पामा शनिवार थप २८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । जिल्ला सदरमुकाम तानसेनमा रहेको पाल्पा अस्पतालको ल्यावमा गरिएको कोरोना परीक्षणमा १९ जना पुरुष र ९ जना महिलामा कोरोना पुष्टि भएको सूचना अधिकारी ओम प्रकाश पन्थीले रानीमहललाई बताउनुभयो । पन्थीका अनुसार २८ जना थप भएसँगै पाल्पामा कोरोना संक्रमित हुनेहरुको संख्या २ हजार ३ सय ८७ पुगेको छ । यस्तै पाल्पामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा थप २० जनामा कोरिना पोजेटिभ देखिएको छ । अहिलेसम्म अस्पतालमा २३ जना, होम आइसोलेशनमा ३७५ गरी कुल ३ सय ९८ जना सक्रिय संक्रमितहरु रहेको छन् । स्वास्थ्य कार्यालयले भौतिक दुरी, मास्क, साबुनपानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न समेत सबैमा आग्रह गरेको छ । यदि लक्षण देखिएमा वा विदेशबाट आएका व्यक्तिहरुको संक्रमणमा रहेको भएमा नजिकको स्वास्थ्य संस्थामा खबर गर्न समेत आग्रह गरिएको पन्थीले रानीमहललाई बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update