Erani Mahal
रामपुरमा पाल्पाकै ठुलो शितभण्डार : आलु भित्र्याउन किसान ब्यस्त
179619599_264807198702131_2486885116390315902_n
पाल्पा- पाल्पाको रामपुरमा बनेको जिल्लाकै ठुलो शितभण्डारमा किसानलाई आलु भि¥याउन भ्याईनभ्याई छ । माघ महिनाभित्रमा निर्माण सम्पन्न गरि यस बर्षको आलु राख्ने योजना भएपनि बैशाख तेस्रो सातादेखि बल्ल शितभण्डार सञ्चालनमा आएको हो । शितभण्डारको भवन बनेपनि आबश्यक चिस्यान गराउने सामाग्री भारतबाट नआएको भन्दै केही समय रोकिएको थियो । गतबर्ष चैत १५ गते तामझामले शुरुवात गर्ने भनिएको शितभण्डार एक महिनापछि सञ्चालनमा आउदा किसानमा केही निराशा छाएपनि घरको कोठा, मझेरीमा राखिएका आलु शितभण्डारमा पु¥याउदा कम्ता खुसी छैन । कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको शर्सत अनुदानमा ३०० मेट्रिकटन क्षमताको शितभण्डार बनेको हो । हाललाई भने एक सय ५० मेट्रिकटन क्षमताको कृषि उपज भण्डारण हुनेछ । अहिले कृषकको घरमा खुला राखिएको आलु हरियो हुने, बोरामा राखिएको आलु कुहिने समस्या भएपछि सोही उपजलाई मध्यनजर गर्दै शित भण्डारको मुख्य भवन मात्र निर्माण गरी संचालनमा ल्याएको हो । शितभण्डारको ५ च्याम्बर मध्ये अहिले ३ वटा च्याम्बर तयार भएपनि तत्कालको लागि आलु राख्ने प्रयोजनकै लागि सञ्चालनमा ल्याइएको हो । फागुनमा खनेर शितभण्डारमा राख्न पाइएला भनेका किसान २ महिना घरमै आलु फाल्नपर्दा केही घाटा समेत व्यहोरेका छन् । शितभण्डारमा आलु राख्ने प्रयोजनाका साथ रामपुर ६ मा बिशेष गरि नगरपालिका र वडाले आलु खेतीलाई प्राथमिकता दिएपछि एउटै गाउँमा झण्डै १२ लाख किलो आलु फलेको वडा अध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो । यहाँ १ हजार २ सय रोपनीमा आलु खेती गरिएको थियो । आलु पकेट क्षेत्र घोषणा गरिएको यहाँ गतबर्ष ८ लाख किलो आलु उत्पादन दिएको थियो । गतबर्ष देखि एक वडा –एक उत्पादन अन्तर्गत आलुपकेट क्षेत्र घोषणा गरेको वडा नम्बर ६ मा गतबर्ष ६ सय बोरा ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरेकोमा यस बर्ष सोही अनुदानमा १ हजार ३ सय ५० बोरा अनुदानमा बितरण गरेको हो । कृषि समुह र व्यक्तिगत गरि ६ सय लाई अनुदानमा बिउ दिइएको हो । समथर बलौटे माटो भएको यहाँ आलु उत्पादन राम्रो मानिन्छ । यसबर्ष राम्रो उत्पादन दिएपछि हौसिएका किसान २ महिना आलु घरमा राख्न बाध्य हुँदा निराश बनेकोमा शितभण्डारमा आलु राख्न पाएसँगै पुनः बाँकी आलु बच्ने आशामा छन् । रामपुर ६ की सिर्जना आचार्यले नगरपालिकाले आलु लगाउन हौसाएको र समयमा शितभण्डार तयार नगर्दा मेहनत गरेर लगाएको २ बोरा जति आलु कुहेको बताइन् । कृषि तथा पशु सेवा कार्यालय रामपुरको परिषरमा बनेको शितभण्डारमा वडा नम्बर ६ सहित रामपुरका विभिन्न वडाबाट किसानले आलु राख्न ल्याएका छन् । पहिले खाएर र कुहेर जान्थ्यो अहिले चिस्यानमा राख्न पाउदा कि बेच्छु कि महंगी हुँदा झिकेर खान्छु भन्ने सोचले आलु राखेको छु–रामपुर ५ का नारायण भण्डारीले भने । यस अघि रामपुरका २÷४ किसानले बिउ बचाउन भैरहवा र गल्याङ्गमा रहेको शित भण्डारमा पु¥याउदै आएका थिए । गतबर्ष रामपुर ६ बाट केही आलु गल्याङ्गमा भण्डारण गरिएको थियो । ३ करोड २६ लाख ७६ हजार पाँच सय ६६ मा रबिना र अभिसा जेभी कन्ट्रक्सन प्रालीले प्रदेश सरकारको सर्शत अनुदानमा शितभण्डार निर्माण सम्पन्न गरेको हो । टेण्डर प्रक्रियाबाट रम्भा १ हुँगीका भगवती अधिकारीले वार्षिक २ लाख ५ हजारमा व्यवस्थापन गर्ने नगरपालिकाले जनाएको छ । शित भण्डारमा फरक फरक क्षमताका पाँच कोठा रहेका छन् । दुईतले दश कोठा सहितको प्रशासनिक भवन निर्माणाधिन अवस्थामा नै छ । यहाँ अपाङ्गमैत्री शौचालय बनाइएको छ । अहिले कृषकको घर घरमा आलु मात्र रहेका छन्, अन्य उपज तत्काल भण्डारण गरिनुपर्ने अवस्था देखिएको छैन– नगरपालिकाका सुचना अधिकारी तथा कृषि शाखा प्रमुख रामहरि पाण्डेय भन्नुभयो । एकै पटक उत्पादन भएका कृषिजन्य सामग्रीले बजार नपाएर किसानका खेतबारीमै कुहिन थाल्ने प्रबृत्तिको भने अन्त्य हुने किसानले आशा लिएका छन् । रामपुर नगरपालिकाको बिशेष गरि वडा नम्बर ६ र अन्य स्थान गरि नगरभित्र आलु राम्रो उत्पादन भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले बताउनुभयो । कृषिको संभावना भएको यो ठाउँमा कृषि व्यवसायिकतालाई जोड दिन सके कृषिमा अन्तरनिर्भर हुन सकिने उहाँको भनाई छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update