Erani Mahal
पाल्पा अन्तर्गतकाे सिद्धार्थ राजमार्ग मिचेर बनाइएका संरचना यसरी भत्किदैँछ (तस्विरहरू)
181041927_211563573774862_4664557191923006335_n
पाल्पा - सडक डिभिजन कार्यालय पाल्पाले सडक मिचेर बनाएका संरचना भत्काउन थालेकाे छ । सिद्धार्थ राजमार्ग अन्तरगतका बगनासकालीस्थित घाेरबन्दा, खाेरबारी, पाेखराथाेक, आर्यभाङ्ज्याङ्, राइडाँडा क्षेत्रकाे घर टहरा भत्काउन थालेकाे हाे । सडक क्षेत्राधिकारभित्र बनेका घर, टहरा र छाप्राे भत्काएकाे डिभिजन सडक कार्यालय पाल्पाले जनाएकाे छ । मानिस आफैँलाइ बनाएका संरचना भत्काउन भनेर सूचना जारी गर्दा समेत अटेर गरेपछि सडक कार्यालयले नै डाेजर चलाउनुपरेकाे साे कार्यालयका प्रमुख मुकुन्द अधिकारीले बताउनुभयाे । हाललाइ सडक कार्यालयले सांकेतिक रूपमा घरमा डाेजरले हान्ने काम मात्र गरेकाे उहाँले बताउनुभयाे । तस्बिरहरू : विकास काफ्ले/तानसेन
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update