Erani Mahal
पाल्पा सहित २२ जिल्लामा काेराेना संक्रमण उच्च : सचेत रहन मन्त्रालयकाे आग्रह
178482646_3869647696417763_2130746526386826936_n
पाल्पा- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाल्पा सहितका केही जिल्लामा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको बताएको छ। यसरी संक्रमण फैलिरहेको हुँदा सर्वसाधारणहरूलाई जनस्वास्थ्यका मापदण्डहरूको कडाइका साथ पालना गर्न अनुरोध गरेको छ। शुक्रबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा अहिले कोरोना भाइरसको संक्रमण निकै उच्च गतिमा फैलिरहेको बताएको हो। २२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिरहेको मन्त्रालयले जनाएको छ। मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुरमा संक्रमण फैलने दर डरलाग्दो गरी बढिरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 'स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ। त्यसैले सबै दाजुभाइ दिदीबहिनीमा संवेदनशील हुन हार्दिक अनुरोध छ,' मन्त्रालयले भनेको छ,'संक्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्डहरू (मास्क लगाऔं, भौतिक दुरी पालना गरौं, बेलाबेलामा साबुनपानीले हात धोऔं) नै उत्तम उपाय हुन्।' त्यस्तै, मन्त्रालयले कुनै पनि मार्गबाट देश-विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहीँ कतै जाने काम पूर्ण रूपमा नगर्न अपिल गरेको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update