Erani Mahal
पाल्पामा १४ जनाले कोरोना जिते, संख्या १९९७ पुग्यो
Coronavirus positive
पाल्पा– पाल्पामा कोरोना थपिनेको संख्या बढेसँगै कोरोनालाई जित्नेको संख्या पनि बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार कोरोना जितेर निको हुनेको संख्या शुक्रवार १४ जना थपिएको छ । यससँगै पाल्पामा कोरोना जितेर घर फर्किनेहरुको संख्या १ हजार ९ सय ९४ पुगेको स्थास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताउनुभयो । पन्थीका अनुसार पूर्वखोला, तिनाउँ र बगनासकालीका १,१, रम्भाका ३ जना, रिब्दीकोटका २ जना, तानसेन नपा र अस्पतालका ६ जना गरी ७ जना महिला र ७ जना पुरुषले कोरोना जितेका हुन् । पाल्पामा अहिलेसम्म २ हजार ३ सय ५९ जनामा कोरोना पिसिआर पोजेटिभ देखिएको छ भने २८ जनामा एन्टिजेन पोजेटिभ आएको छ । पाल्पामा हाल ३ सय ५० जना सक्रिय कोरोना संक्रमितहरु होम तथा अस्पतालको आइसोलेशनमा रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update