Erani Mahal
तानसेनमा खानेपानीको हाहाकार बढ्दै !
khanepani
पाल्पा– पाल्पामा दुई सातादेखि पानी धारामा नियमित नआउँदा पाल्पा जिल्ला सदरमुकामबासीहरु मारमा परेका छन् । अवैज्ञानिक वितरण प्रणाली, समयमा मोटरहरुको मर्मत संभार नहुनु, शुख्खा मौसमसँगै नजिकका मुलहरु सुक्दै जाने समस्याको कारण पाल्पामा पानीको हाहाकार मच्चिन थालेको छ । दैनिक १० लाख लिटर बढी पानी खपत हुने तानसेनमा दुईसातादेखि पानी नआउँदा उपभोक्ताहरु आजित भएका छन्, उनीहरुले सामाजिक संजाल लगायत खानेपानीको व्यवस्थापनमा उपभोक्ता समिति, सरकार उदासिन भएको आरोप लगाएका छन् । तानसेनमा कालीगण्डकीको खानेपानी ल्याउने भनेर भाषण गरिने, अघिल्लो साता मात्रै पानी आएको भनेर भनेको समितिले पानी वितरणलाई प्रभावकारी बनाउन नसक्दा तानसेनमा खानेपानीको अभाव भएको हो । अर्कोतर्फ वितरण प्रणाली पुरानो र अव्यवहारिक, कर्मचारीको बदमासी लगायतका समस्याले गर्दा समेत उपभोक्ताको धारामा पानी आउन ढिलाई हुने गरेको छ । तानसेनको धारामा पानी नआएको १५ दिन हुन लाग्यो स्थानीय उपभोक्ताले भने, त्यसमा स्थानीय सरकार र उपभोक्ता समितिको ध्यान जान नसक्दा हाहाकार हुने भएको छ । अर्कोतिर पानी नआएपछि जारको पानी र ट्यांकरको पानी पनि महंगो पर्ने गरेको उपभोक्ताको गुनासो रहेको छ । त्यसतर्फ सरोकारवालाको ध्यान जान सकेको छैन । तानसेनमा डेरामा बस्ने विद्यार्थी, गृहणी, घरधनी, होटल व्यवसायीहरु बढी मात्रामा खानेपानीको मारमा परेका छन् । तानसेनमा धारामा पानी नआएपछि तानसेनका धाराहरु नारायणस्थान, तिनधारे, होलाङ्दी, काजीपौवा, सिधुरे, धरमपानी, डुम्रे लगायतका क्षेत्रमा उभपोक्ताहरुको लाइन लागेको छ । समितिले भने मोटरमा समस्या आएको भन्दै केही दिनमा समस्या समाधान हुने जनाएको छ । विद्युत समस्या पनि उस्तै तानसेनमा खानेपानीसँगै एकहप्ता यता विद्युतको समेत समस्या बढेको छ । विद्युत समेत नियमित नहुँदा उपभोक्ताहरु हैरानी व्यहोनु परेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update