Erani Mahal
बगनासकाली गाउँपालिकाद्वारा संक्रमितको घरमै स्वास्थ्य सामग्री !
जज
पाल्पा- बगनासकाली गाउपालिका पाल्पाले कोरोना संक्रमितका घरघरमा स्वास्थ्य सामग्री वितरण सुरु गरेको छ । गत बैशाख १३ गते गाउकार्यपालिकाको निर्णय अनुसार संक्रमितहरुको घरमै पुगी स्वास्थ्य सामाग्री वितरण सुरु गरिएको स्वास्थ्य शाखाले जनाएको छ । विहीवार देखी कोरोना संक्रमित भई घरमै आइसोलेसनमा बसेका संक्रमितहरुको लागि स्वास्थ्य सामाग्री वितरण गरिएको हो । बगनासकाली स्वास्थ्य शाखाका प्रमुख मणिराम अधिकारीका अनुसार बगनासकाली गाउपालिकाले कोरोना संक्रमितलाई शक्तिबर्धक औषधीहरु, भिटामिन बि, भिटामिन सी, जिङ्क चक्की, च्वनपराश, सिटामोल, आवश्यकता अनुसार एन्टिबायोटिक औषधीहरु वितरण गरेको छ । त्यसैगरी ज्वरो नाप्ने डिजिटल थर्मोमिटर, अक्सिजन र पल्स चेक गर्न पल्सअक्सिमिटर, माक्स र सेनिटाइजर लगायतका सामाग्रीहरु वितरण गरिएको हो । बगनासकाली गाउपालिकाका प्रवत्ता लक्ष्मी अधिकारीका अनुसार कोरोना संक्रमित भई घरमै आइसोलेसनमा बसेकाहरुको स्वास्थ्यउपचारका लागि गाउपालिकाले घरमै सेवा दिन थालेको बताउनुभयो । घरमै वसेकाहरुले ज्वरो देखी, अक्सिजन समेत घरमै मापन गर्न सकुन र शक्तिप्रद्र्धक औषधीहरु खाएर निको गराउने उदेश्यले घरमै सेवा दिएको प्रवत्ता अधिकारीको भनाई छ । बिहिवार गाउपालिकाभरीका ९ जना कोरोना संक्रमितहरुको घरमै पुगी स्वास्थ्य सामाग्री वितरण गरिएको थियो । स्वास्थ्य सामाग्री वितरण संगै ज्वरो तथा खोकी लागेका विरामीहरुलाई आवश्यकता अनुसार एन्टिबायोटिक औषधीहरु र स्वास्थ्य परामर्श दिइएको थियो । बगनासकाली गाउपालिकाको कार्यपालिका वैठकले कोरोना संक्रमितहरुको उपचार सहज र सर्वसुलब बनाउन घरमै स्वास्थ्य उपचार गराउने निर्णय गरेको थियो । गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालका अनुसार कार्यपालिकाको निर्णय अनुसार ५० सिलिण्डर अक्सिजन आइसकेको जानकारी दिनुभयो । ५० सिलिण्डर अक्सिजन आइसकेको छ, कोरोना अस्पताल निर्माण सकिन लागेको छ, बेड लगायतका सबै सामाग्री आइसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update