Erani Mahal
पाल्पामा काेराेना संक्रमित महिलाकाे घरमै मृत्यु
CORONA-DEATH-2
पाल्पा – पाल्पामा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका वडा नं. ६, हेक्लाङ्का ६५ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा घरमै मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । तीन दिनअघि स्वाब परीक्षणका क्रममा ती महिलामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । मृगौला सम्बन्धी समस्याबाट पीडित महिलाको उपचारको क्रममा घरमै बुधबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । योसँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update