Erani Mahal
पाल्पामा एक सातामै दुई सय बढी काेराेना संक्रमित थपिए (तथ्यांक सहित)
coronavirus_
पाल्पा – पाल्पामा बिहीबार थप ५० जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाका विभिन्न स्थानका १२० जनाको स्वाब परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढीका १, रामपुरका १, पूर्वखोलाका १, रैनादेवी छहराका २०, रम्भाका २, जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै बगनासकालीका १, तिनाउका १, रिब्दीकोटका २ र तानसेनका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । उहाँले हालसम्म पाल्पामा ३२५ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ३०२ जना होम आइसोलेसनमा रहेका छन् भने २३ जना विभिन्न अस्पतालमा उपचाररत छन् । सक्रिय संक्रमित कहाँ कति ? हालसम्म माथागढीमा २९, रामपुरमा ३१, पूर्वखोलामा ९, रैनादेवी छहरामा ६९, रम्भामा ७ जना सक्रिय संक्रमित छन् । यस्तै बगनासकालीमा १७, तिनाउमा १२, रिब्दीकोटमा १४, निस्दीमा २ र तानसेनमा १३५ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update