Erani Mahal
निस्दी आवाजद्वारा आगलागी पीडितलाई सहयोग
179130120_297566655268391_906536236962636665_n
पाल्पा- सामाजिक संजालबाटै सामाजिक काम गर्दै अाएकाे निस्दी अावाजले निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,रातडाँडा,पाल्पामा आगलागी पीडितलाई राहत वितरण गरेको छ । निस्दी आवाजद्वारा वितरित राहत कार्यक्रममा निस्दी गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष मेख बहादुर सुनारीले खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो । बैशाख १३ गते जलेको घरमुली टोप बहादुर सारुलाई १ सय २५ किलो चामल,दाल,नून,तेल र चिउरा उपलब्ध गराइएको आवाजका सदस्य अनुराग सुनारीले बताउनुभयो । सामाजिक कार्यमा सहयोग गर्दै आएको यस आवाजले वडाका प्रतिनिधिहरु मार्फत गर्दै आएका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update