Erani Mahal
पाल्पामा थप ५० जनामा काेराेना संक्रमण पुष्टि (तथ्यांक सहित)
179778974_476721823448883_7575365206970174215_n
पाल्पा- पाल्पामा बुधवार थप ५० जनामा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लाको विभिन्न स्थानका १२६ जना मानिसको स्वाब परीक्षण गर्दा ५० जनामा कोरोना सङ्क्रमण देखिएको थियो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पाल्पामा सक्रिय सङ्क्रमितको सङ्ख्या २४८ पुगेको छ । कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पछिल्लो समय स्वाब परीक्षण गरिएकामध्ये ५० प्रतिशत बढीमा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो समय भारतबाट आएका मानिस बढेका कारण भारतबाट आएकामा शतप्रतिशत मानिसमा सङ्क्रमण छ, पन्थीले भन्नुभयो । तर सङ्क्रमण भएकामध्ये अधिकांशको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सङ्क्रमित २४८ मध्ये १९ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने बाँकी २२९ जना होम आइसोलेसनमा रहेका छन् । कहाँ कति तथ्यांक हेर्नुहाेस
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update