Erani Mahal
काेराेना भाइरसले  विश्व मानव समुदायमा हमला गर्दै
c
काेराेना भाइरस (काेभिड- १९)ले विश्व मानव समुदायमा हमला गर्दै आतँक मच्चाइरहेकाे छ । मानव संसार अस्तव्यस्त छ। नियन्त्रणकाे लागि हरप्रयास गरिए तापनि काेभिड १९ नियन्त्रण बाहिर छ । खाेप निर्माण भएतापनि ट्रायलमा छन्। नियन्त्रणकाे एउटा मात्र हतियार-"लकडाउन" प्रयाेगमा लिएकाे पाइन्छ । नेपालमा पनि नेपाल सरकारले फेरि आजदेखि "लकडाउन" लागू गरेकाे छ। लकडाउन कुनै पनि अर्थमा "समाधान" हाेइन् । विगत साक्षी छ-नेपाल सरकार जनताप्रति उत्तरदायी रहेन,बरु काेभिडकाे नाउमा व्यापार गरयाे ।भ्रष्टाचार र अनेक काण्डहरु मच्चायाे,काेभिड १९ र नेपाल सरकार उस्ताउस्तै रहेकाे प्रष्ट छ। -जनतामाथि आतंक मच्चाइरहे । अहिले पनि त्यही परिस्थितिभन्दा फरक नहुने स्पष्टै छ । आफ्नाे सुरुक्षा आफै नगर्ने हाे भने- नकाम सरकारकाे भर पर्ने हाे भने स्थिति झन दुखदायि बन्न सक्छ ।विशेष सचेतता र सतर्कताकाे आवश्यकता छ । नेपाल सरकार जनताप्रति उत्तरदायित्व बन्ने र जनताकाे स्वास्थ्यमा खेलवाड नगर्ने हाे भने र साँच्चिकै समस्याको समाधान गर्ने हाे भने नेपालकाे अर्थतन्त्र चलायमान गरेर संघ,प्रदेश र स्थानिय तहमा काेभिड अस्पताल, भ्याक्सिनको आपूर्ति, भौतिक दूरीमा कडाइ, मास्क प्रयोगमा अनिवार्यता र बिपन्नका लागि राज्यद्वारा पौष्टिक आहार खाद्यान्न,उद्दार,राहत,सवारी साधन लगायत अत्यावश्यक सामग्रीको प्रबन्ध मिलाउनु पर्छ । विगतकाे अनुभवबाट शिक्षा लिइ जनशक्ति प्रयाेग गर्नमा सरकार विशेष ध्यान दिनु पर्छ । काेभिड १९ महामारी नेपाल र नेपालीकाे साझा समस्या भएकाेले सामाना र समाधानको लागि "उच्च स्तरिय सर्वदलीय संयन्त्रको गठन गरि" जनताकाे सेवामा लाग्नु आवश्यक छ । देश र जनता काेभिड १९ बाट प्रताडित भैरहेकाे बेला नेपाल सरकार सिंहदरबार र वालुवाटार,पुल्चोक निवासमा माेजमस्तीकासाथ "स्वर्गकाे आनन्द" लिने हाे भने नेपाली धर्तीमा जनताकाे लागि "लकडाउन"अभिसाफ हुनेछ। (लेखक नेकपा माअाेवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व खेलकुद मन्त्री हुनुहुन्छ)
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update