Erani Mahal
पाल्पामा बैशाख १७ देखि २४ सम्म निषेधाज्ञा : के गर्न पाइने, के नपाइने ?
Image (2)
पाल्पा – कोरोना भाइरसको संक्रमण बढेपछि पाल्पामा पनि बैशाख १७ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा हुने भएको छ । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढेपछि यसको नियन्त्रणका लागि बैशाख १७ गतेदेखि २४ गतेसम्म एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय भएको हो । डिसीसीएमसी जिल्ला संकट व्यवस्थापन पाल्पाको बैठकले बैशाख १७ गते राति १२ बजेदेखि बैशाख २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो । बैठकले अत्यावश्यक सवारीसाधन, तरकारी, दुध, एम्बुलेन्स, बिरामी बोक्ने सवारी, प्रेस, माछा, मासु, पानी पेट्रोल, निर्माण सामग्री जस्ता सवारीलाई बाहेक अन्य सार्वजनिक र नीजि सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । यस्तै सभा, गोष्ठी, कार्यक्रम नगर्ने, विवाह, पार्टी जस्ता भीडभाड हुने कार्य नगर्ने निर्णय गरेको छ । सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, पार्लर, सुनचाँदी पसल, सैलुन, टेलरिङ्, फुटपाथ लगायतका पसल नखोल्ने तर होटल र रेष्टुरेन्टले भने बिहान ६ बजेदेखि १० बजेसम्म टेकअवे सेवा सञ्चालन गर्न सक्ने निर्णय भएको छ । थप निर्णयहरु यहाँ हेर्नुहोस् :-
प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update