Erani Mahal
पाल्पामा बैशाख १७ देखि एक साताका लागि निषेधाज्ञा गरिने
jilla-prasasan
पाल्पा – कोरोना भाइरसको संक्रमण बढेपछि पाल्पामा निषेधाज्ञाको गर्ने तयारी भएको छ । पछिल्लो एक साताको अबधिमै २०० बढी सक्रिय सङ्क्रमित थपिएपछि यसको नियन्त्रणका लागि जिल्लास्थित डिसीसीएमसीको बैठकले बैशाख १७ गतेदेखि २४ गतेसम्म एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको छ । डिसीसीएमसीको बुधबार बसेको बैठकले बैशाख १७ गते राति १२ बजेदेखि बैशाख २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो । बैठकले अत्यावश्यक सवारीसाधन, तरकारी, दुध, एम्बुलेन्स, बिरामी बोक्ने सवारी, प्रेस, माछा, मासु, पानी पेट्रोल, निर्माण सामग्री जस्ता सवारीलाई भने सञ्चालन गर्न दिने जनाएको छ । यस्तै सबैखाले सार्वजनिक र नीजि सवारीसाधन सञ्चालनमा रोक लगाउने, सभा, गोष्ठी, कार्यक्रम नगर्ने, विवाह, पार्टी जस्ता भीडभाड हुने कार्य नगर्ने निर्णय गरेको छ । यस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, पार्लर, सुनचाँदी पसल, सैलुन, टेलरिङ्, फुटपाथ लगायतका पसल नखोल्ने, तर होटल र रेष्टुरेन्टले भने बिहान ६ बजेदेखि १० बजेसम्म टेकअवे सेवा सञ्चालन गर्न सक्ने निर्णय भएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update