Erani Mahal
रूपन्देहीमा पहिलाे चरणमा बैशाख १६ देखि २९ गतेसम्म निषेधाज्ञा !
butwal
बुटवल - रुपन्देहीमा बैशाख १६ गतेदेखि निषेधाज्ञा हुने भएको छ । १६ बैशाखदेखि निषेधाज्ञा लगाउन जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले सिफारिस गरेकाे जनाएकाे छ । यसको औपचारिक निर्णय भने हुन बाँकी छ । बुधबार मात्रै यसकाे निर्णय हुने बताइएकाे छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यही वैशाख १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा लगाउने सिफारिश गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले जानकारी दिनुभयाे । उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध रुपमा छलफल गरेर निष्कर्ष निकालिएको थापाले बताउनुभयाे । निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नपाइने बताइएकाे छ । अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने बताइएकाे छ । निषेधाज्ञामा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन फोहर मैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु संचालन हुन पाइनेछ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update