Erani Mahal
पाल्पामा मंगरबार थपिए ४१ जना काेराेना संक्रमित
coronavirus_
पाल्पा – पाल्पामा मङ्गलबार थप ४१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लाको विभिन्न स्थानका ७८ जना मानिसको स्वाब परीक्षण गर्दा ४१ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पाल्पामा सक्रिय सङ्क्रमितको सङ्ख्या १९८ पुगेको छ । कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पछिल्लो समय स्वाब परीक्षण गरिएकामध्ये ५० प्रतिशत बढीमा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो समय भारतबाट आएका मानिस बढेका कारण भारतबाट आएकामा शतप्रतिशत मानिसमा सङ्क्रमण छ, पन्थीले भन्नुभयो । तर सङ्क्रमण भएकामध्ये अधिकांशको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सङ्क्रमित १९८ मध्ये १६ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने बाँकी १९८ जना होम आइसोलेसनमा रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update