Erani Mahal
श्रीकृष्ण क्षेत्री र मेलिना राई स्वरमाको ‘राम हो झुमा हो’ सार्वजनिक (भिडियाे सहित)
176263020_270834048030443_9152344109672454918_n
विकास काफ्ले पाल्पा - नेपाली सांगीतिक बजारमा एकपछि अर्को गर्दै नयाँ–नयाँ गीतहरु आउनेक्रम दिनहुँ जसो बढिरहेको छ । विशेषगरेर माया प्रेम, बिछोडका गीतहरु बजारमा आइरहेका छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले बढि सुन्न, हेने र मन पराउने गरेको देखिन्छ । यही क्रममा गायक श्रीकृष्ण श्रेत्री र गायिका मेलिना राईको स्वरमा ‘राम हो झुमा हो’ बोलको गीत भर्खरै सार्वजनिक भएको छ । बिदुर गिरीको शब्द तथा गायक स्वयम् श्रेत्रीको संगीत रहेको छ । मौलिक लोक आधुनिक शैलीको गीतमा मुख्य मायाप्रेमको विषयलाई समेटिएको छ । आफूले मन पराएको मायालाई प्रेमभाव व्यक्त गर्दैे मनाएको विषबस्तुलाई कलाकार सुनिल क्षेत्री र गीता ढुङगानाले अभिनय मार्फत उतारेका छन् । गीतमा सुनिल क्षेत्रीको निर्देशन रहेको छ । छत्रभुमि म्युजिकको अफिसिय युटयुवमार्फत सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=B27fA8t43O8
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update