Erani Mahal
रैनादेवी छहराका २१ जना कृषकलाई कुटानी पिसानी मिल वितरण
kutani
पाल्पा- जिल्लाको रैनादेवी छहरा गाउँ पालिकाले गाउँका २१ जना कृषकहरुलाई कुटानी पिसानी मिल वितरण गरेको छ । ढिकी जाँतोमा अन्न पिस्दै आएका यहाँका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कुटानी पिसानीका मिल प्रदान गरेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयाे । घरासयी काममा बोझ खेपिरहेका यहाँका नागरिकहरुको कामको बोझ घटाउने र समय सदुपयोगका लागि अन्न कुटानी पिसानी मिल प्रदान गरिएको गाउँपालिका अध्यक्ष कार्कीले बताउनुभयाे । गाउँपालिकाले पालिकाका सबै वडाका २१ जना कृषकहरुलाई कुटानी पिसानी मिल वितरण गरेको हो । गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८ को बार्षिक कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषकलाई कुटानी पिसानी मिल दिइएको छ । कृषकहरुको मागका आधारमा मिल दिइएको अध्यक्ष कार्कीले बताउनुभयाे । अध्यक्ष कार्कीले कृषकहरुलाई एक कार्यक्रमका बीच मिल हस्तान्तरण गरेका हुन् । मिल हस्तान्तरण गर्दै उनले प्रत्येक वडामा एउटा मिल भए पछि कुटानी पिसानीमा सहज हुने बताउनुभयाे । उहाँले गाउँपालिकाले आमनागरिकहरूलाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रमहरु समेत ल्याएको बताउनुभयाे । यहाँका नागरिकहरुलाई कृषिममार्फत उद्यमशिता बनाउनका लागि विभिन्न अनुदानमा कृषि यन्त्र तथा उपकरणहरु दिर्दै आएको जानकारी दिनुभयाे । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चेत कुमारी थापाले पालिकाले नागरिकहरूका माग अनुसार कुटानी पिसानी मिल वितरण गरेको बताउनुभयाे । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलामणि बस्याल ,इन्जिनियर किशोर खनाल र कृषि तथा पसु शाखा प्रमुख पारस मणि पाण्डे लगाएतले प्रत्येक टोल–टोलमा पिसानी भए पछि कुटानी पिसानीमा सहज हुने विश्वास व्यक्त गर्नुभयाे ।
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update