Erani Mahal
निस्दी मित्यालकाे निजी वनमा लागेको आगलागी नियन्त्रणमा
fire q (2)
पाल्पा - निस्दी गाउँपालिका मित्यालमा निजी वनमा लागेको आगलागी नियन्त्रणमा लिन सफल भएको छ। सोमबार दिनको १ बजेतिर मित्याल बजार नजिकै निजी वनमा लागेको आगो वनका कर्मचारी , शिक्षक , व्यापारी र स्थानीय बासिन्दा मिलेर नियन्त्रणमा लिन सफल भएको हो । करिब ४ हेक्टर क्षेत्रफलको निजी वनमा लागेको आगो नियन्त्रणमा लिन सफल भएपछि अन्यत्र फैलिन नपाएकोले थप क्षति हुन नपाएको निस्दी सव डिभिजन वन कार्यालय मित्यालका प्रमुख नन्द प्रसाद अधिकारीले बताउनुभयो । आगलागीबाट नजिकैको एक सामुदायिक वनमा पनि केहि क्षति पुर्याएको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update