Erani Mahal
साेमवार पाल्पामा २६ जनामा काेराेना संक्रमण
corona_palpa
पाल्पा – जिल्लामा आइतबार थप २६ जना कोरोना सङ्क्रमित थपिएका छन् । २४ घण्टामा ६७ जनाको स्वाब परीक्षण गर्दा २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्यका सूचना अधिकारी पन्थले बताउनुभयो । उनीहरू अधिकांश भारतबाट आएका तथा कर्मचारी र जनप्रतिनिधिहरु रहेका छन् । योसँगै पाल्पामा सक्रिय कोरोना सङ्क्रमितको संख्या १६४ पुगेको छ । सङ्क्रमित १६४ जना होम तथा अस्पतालका आइसोलेसनमा उपचाररत छन् । पाल्पामा हालसम्म ३९ जनाको कोरोनाका कारण निधन भएको छ । पाल्पामा साेमवार १४ जनाले काेराेनालाइ जितेका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update