Erani Mahal
बगनासकाली गाउँपालिकाकाे काेराेना नियन्त्रण गर्न १० निर्णय !
bagnashkali gapa
पाल्पा- जिल्लाकाे बगनासकाली गाउकार्यपालिकाको बैठकले काेराेना महामारी नियन्त्रणकाे लािग १० निर्णयहरु गरेकाे छ । गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालका अनुसार महामारीका रुपमा फैलिदै गएकाे काेराेना नियन्त्रण गर्न १० वटा निर्णय गरेर कार्यान्वयन गरिने रानीमहललाइ बताउनुभयाे । उहाँका अनुसार १) भोलीदेखी सबै शैक्षिकसस्थाहरु बैशाख २० गतेसम्म बन्द गर्ने । २) भारत तथा तेस्रो मुलुकबाट आउनेहरुलाई अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने । ३) आफु बसेकै घरघरमै गएर कोरोनाको नमुना संकलन गरी परीक्षण गर्ने व्यवस्था बगनासकाली गाउपालिकाले गर्ने ४) तत्कालै १५ शैयाको कोरोना अस्पताल निर्माण गर्ने र त्यसका लागि ५० सिलिण्डर अक्सिजन खरिद गर्ने निर्णय भएका छन् । यस्ततै ५) होम आइसोलेसनमा बसेका संक्रमितहरुको लागि आवश्यक परेमा घरमै अक्सिजन पुर्याउने व्यवस्थ ागर्ने ६) घरमा आइसोलेसनमा बसेका संक्रमितहरुको लागि औषधी उपचारको किट घरघरमै उपलब्ध गराउने ७) गाउपालिका भित्र कुनै पनि विवाह, भोज, भतेर जस्ता सामाजिक र सास्कृतिक कृयाकलाप बन्द गर्ने । ८) आर्थिक विपन्नहरुलाई कोरोनाकै कारण मृत्यु हुन नदिन अस्पतालमा लागेको खर्च समेत बगनासकाली गाउपालिकाले नै वेहोर्ने । ९)बगनासकाली गाउपालिकालाई कोरोना संक्रमणबाट बचाउन सम्बन्धित सरोकारवाला निकायहरुबाट सहयोगको अपिल समेत गर्ने १०) कोरोना संक्रमणमा जुधिरहनुभएका गाउपालिका अध्यक्ष कृष्ण प्रसाद बस्याल सहित बगनासकालीका नागरिकहरुको स्वास्थ्य लाभको कामना गर्ने निर्णय भएकाे छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update