Erani Mahal
पाल्पामा आइतबार मात्रै ३० जनामा काेराेना संक्रमण पुष्टि !
Coronavirus positive
पाल्पा - पाल्पामा आइतबार नै थप १५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेँसगै पाल्पामा २४ घण्टामा काेराेना संक्रमित हुनेकाे संख्या ३० पुगेकाे छ । यसअघि ४६ जनामा गरिएकाे परीक्षणमा पनि १५ जना नै काेराेना संक्रमित भएका थिए । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार बेलुकी दिएकाे जानकारी अनुसार ३१ जनामध्ये १५ जनामा काेराेना संक्रमण देखिएकाे हाे । १६ जनाकाे स्वाबकाे रिपाेर्ट भने नेगेटिभ आएकाे स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयाे । पन्थीका अनुसार प्रशासन, वन र सुरक्षा निकायका अधिकृतलाइ काेराेना संक्रमण देखिएकाे छ । याेसँगै पाल्पामा सक्रिय काेराेना संक्रमितकाे संख्या १६७ जना पुगेकाे छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  २१:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update