Erani Mahal
रामपुरमा जोरबिजोर प्रणाली शुरु, पहिलो दिन दर्जनौ सवारीसाधन नियन्त्रणमा
174585713_1166530930474611_5274885064693334365_n
पाल्पा . रामपुर नगरपालिकाले आइतबारदेखि शुरु गरेको सवारी साधन जोरविजोर प्रणाली अन्तर्गत पहिलो दिन दर्जनौ सवारीसाधन नियन्त्रण गरेको प्रहरीले जनाएको छ । देशभर नै कोरोना संक्रमण बढ्दै गएपछि रामपुर नगरपालिकामा बसेको सर्वदलीय बैठक र कार्यपालिका बैठकले शनिबार राती १२ बजेदेखि नगर क्षेत्रमा चल्ने सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको थियो । शहरीकरण हुँदै गएको रामपुर क्षेत्रमा भिडभाड न्यूनिकरणको लागि अत्यावश्यक बाहेकका अन्य सवारी साधनको लागि जोरबिजोर प्रणाली लागु गरेको थियो । जोर बिजोर प्रणालीको पहिलो दिन जोर गतेका दिन बिजोर नम्बर चलाएका मोटरसाइकल र ठुला गाडीलाई कडाई गरिएको थियो । सोही क्रममा बिजोर नम्बर प्लेट भएका ६० बढी सवारी साधनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । प्रहरीले रामपुरका मुख्य बजारहरु बेझाड, किसानबारी, बिजयपुर, सदावर्त, गण्डकीढिक र त्यस बिचका सडक क्षेत्रमा सवारी चेक गरेको थियो । पहिलो दिन भएकाले प्रहरीले केही समय सवारीसाधनलाई नियन्त्रणमा लिएर छाडेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भिम बहादुर कार्कीले बताउनुभयो । यस्ता सवारीसाधनलाई प्रहरीले बजार चोक प्रहरी बिटमा जम्मा गर्ने, बिचमा भेटिएका सवारीसाधनलाई नम्बर टिपेर पालो बेगर नचलाउने शर्तमा सोही ठाउतिर फर्काउने गरेको थियो । पहिलो दिन भएर सम्झाएर पठाइएको कसैलाई ३/४ घण्टा सवारीको चावी लिएर साझ दिइएको बताउदै प्र.नि.कार्कीले सोमबारदेखि पुनः कडाइका साथ लाने र जरिवाना समेत गर्न सक्ने उहाँले बताउनुभयो । आलोपालो नियम उल्लंघन गर्ने, लाइसेन्स बिना चलाउनेलाई कडाई गरे बजारमा भिड कम हुने कतिपयको भनाई छ।
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  २१:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update