Erani Mahal
रूपन्देहीमा जन्तीबसलाई ट्रिपरले ठक्कर दिँदा दुई जना बालिकाको मृत्यु
triper
बुटवल - रूपन्देहीमा आइतबार तीन वटा जन्तीबसलाई टिपरले ठक्कर दिँदा दुई जना बालिकाको मृत्यु भएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-बेलहिया सडक खण्डको कोटिहवामा आइतबार दिउँसो ट्रिपरले जन्ती बसलाइ ठक्कर दिदा तीन जनाकाे मृत्यु भएकाे हाे भने ६ जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परी रुपन्देहीको तिलोत्तमा-१५ की १० वर्षिया सरस्वती हरीजन र ८ वर्षीया गंगा हरिजनको ज्यान गएको रूपन्देही प्रहरीले जनाएको छ। भैरहवाबाट जन्ती बाेकेर बुटवलतर्फ आउँदै गरेको लु १ ख ९६८५ नम्बरको बसलाई भैरहवा तर्फबाटै बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो। टिपरको ठक्करबाट उछिट्टिएको बसले जन्ती बोकेकै अर्को लु १ ख ५७८८ नम्बरको बसलाई ठक्कर दिएको र उक्त बस अनियन्त्रित भई लु २ च ७०७२ नं बलेरो जीपमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी टिपर चालकसहित ६ जना गम्भीर घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। घाइतेमध्ये टिपर चालकको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज र अन्य ५ जनाको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ। टिपरको ठक्करबाट तीन वटा गाडी दुर्घटनामा परेपछि अहिले ट्राफिक प्रहरीले टिपरको आवतजावतलाई रोकेको छ। ट्राफिक प्रहरीका अनुसार बुटवलबाट भैरहवातर्फ जाने टिपर बुटवल र तिलोत्तमाको सीमाक्षेत्र योगीकुटीमा रोकिएका छन्। त्यस्तै भैरहवाबाट बुटवलतर्फ आउने टिपर सिद्धार्थनगर नगरपालिकाको अञ्चलपुरमा रोकिएका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update