Erani Mahal
पाल्पामा आइतबार थपिए १५ जना कोरोना सङ्क्रमित
178134195_3958525630893031_1380405377434290698_n
पाल्पा – जिल्लामा आइतबार थप १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । २४ घण्टामा ४६ जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्यका सूचना अधिकारी पन्थले बताउनुभयो । उनीहरू अधिकांश भारतबाट आएका मानिस रहेका छन् । योसँगै पाल्पामा सक्रिय कोरोना सङ्क्रमितको संख्या १५२ पुगेको छ । सङ्क्रमित १५२ जना होम तथा अस्पतालका आइसोलेसनमा उपचाररत छन् । पाल्पामा हालसम्म ३९ जनाको कोरोनाका कारण निधन भएको छ । कहाँ कति थपिए संक्रमित, तथ्यांक हेर्नुहाेस् :-
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update