Erani Mahal
पाल्पामा काेराेना संक्रमितकाे कुल संख्या २ हजार १ सय ४५ पुग्याे
coronavirus-test-swab
पाल्पा- पाल्पामा शनिवार ३ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको कोभिड ल्यावमा गरिएको परीक्षणमा पाल्पामा १ पुरुष र २ महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले रानीमहललाई बताउनुभयो । थपिएकाहरुमा माथागढीका १ पुरुष र २ महिला रहेका छन् । पाल्पामा पछिल्लो तीन दिनमा एक सय बढी सक्रिय संक्रमित थपिएका छन् । अहिले पाल्पामा १ सय ३७ जना सक्रिय संक्रमितहरु मध्ये १२७ जना होम आइसोलेसन र १० जना अस्पतालमा रहेर आराम गरिरहेका छन् । पछिल्लो सयममा भारतबाट आएकाहरुमा बढी मात्रामा कोरोनाको संक्रमण देखिएकोले गाउँघरमा सजग रहन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । उसले स्वास्थ्य मापदण्ड पालना गर्न तथा भीडभाड नगर्न समेत सर्वसाधारणलाई अनुरोध गरेको छ । पाल्पामा काेराेना संक्रमितकाे कुल संख्या २ हजार १ सय ४५ पुगेकाे छ । अहिले सम्म पाल्पामा ३८ जनाले काेराेनाकाे कारण ज्यान गुमाएका छन् भने १ हजार ९ सय ६९ जनाले काेराेनालाइ जितेका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update